एनभीए भलिबलमा पुलिस र गलकोटको लगातार दोस्रो जित - Crazysaptahik.com

एनभीए भलिबलमा पुलिस र गलकोटको लगातार दोस्रो जित

नेपाल पुलिस क्लब र गलकोट स्पोर्ट्स क्लबले छैटौं वाइवाइ डाइनामाइट एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेका छन् । सोमबारको खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–० सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको छ ।

पुलिसले मणिमुकुन्दलाई २१–१४, २१–१५, २१–१७ ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दावाँली मिलन क्लबलाई पराजित गरेको थियो । पुलिस समूह बी मा ६ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

यस्तै गलकोट स्पोर्ट्स क्लबले पनि आफ्नो खातामा ६ अंक जोडेको छ । समूह ए मा रहेको गलकोटले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेशमाथि जित निकाल्दै ३ अंक जोडेको थियो ।

दोस्रो दिन पनि गलकोटले प्रदेश २ माथि जित निकाल्दै थप तीन अंक जोड्न सफल भयो । गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१, २५–१८ ले पराजित गरेको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.