च्याम्पियन्स लिग : रियल घरेलु मैदानमा सेरिफसँग पराजित - Crazysaptahik.com

च्याम्पियन्स लिग : रियल घरेलु मैदानमा सेरिफसँग पराजित

यूईएफए च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको उपाधि विजेता स्पानिस क्लब रियल मड्रिड मोल्डेभाको एफसी सेरिफसँग पराजित भएको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा च्याम्पियन्स लिगमा डेब्यु गरिरहेको सेरिफले रियललाई उसैको मैदानमा २–१ ले पराजित गरेको हो ।

खेलको २५औं मिनेटमा जासुरबेक याख्सिबाएभले गोल गर्दै सेरिफलाई अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा रियलका करिम बेन्जामाले पेनाल्टीमा बराबरी गोल फर्काए । तर, खेलको ८९औं मिनेटमा सेबास्टियन थिलले गोल गर्दै सेरिफलाई शानदार जित दिलाए ।

समूह डी मा लगातार दोस्रो जित हात पारेको सेरिफ दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । सेरिफले पहिलो खेलमा साख्तर डोनेस्कलाई पराजित गरेको थियो ।हारपछि रियल २ खेलबाट तीन अंकसहित दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेलेका छन् ,बराबरीपछि दुवैले १–१ अंक जोडेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.