राष्ट्रिय युवा संघ कानेपोखरी ६ को वडा कमिटी गठन - Crazysaptahik.com

राष्ट्रिय युवा संघ कानेपोखरी ६ को वडा कमिटी गठन

क्रेजी संवाददाता                                   

कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँपालिका-६ को वडा कमिटी गठन भएको छ । नेकपा एमाले वडा कमिटीको आयोजनामा भएको भेलाले ऋषि पौडेलको अध्यक्षतामा ११३ सदस्यीय कमिटी गठन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा महेश आचार्य , सचिवमा उपेन्द्र पौडेल, सह–सचिवमा भरत लिम्बू र कोषाध्यक्षमा मैतराज लिम्बू चयन भएका छ्न ।

कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पालिका उपाध्यक्ष राजमती इङ्नाम, नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी, नेकपा एमाले कानेपोखरीका अध्यक्ष दानबहादुर बस्नेत, राष्ट्रिय युवा संघ मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य शुसिल बुढाथोकी , मदन भण्डारी स्पोर्ट्स ऐकेडेमी कानेपोखरी संयोजक जीवन सुब्बा, युवासंघ गाउँ कमिटी संयोजक अशोक फुयाँल लगायतको उपस्थिती थियो ।

नेकपा एमाले कानेपोखरी– ६ का अध्यक्ष कुमार फुयाल अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.