क्रेजी संवाददाता
पथरी । ‘अग्रजको सम्मान, युवा जोश, युवा सोच, युवा शक्ति नै हो सबैको खोज’ भन्ने मूल नारा लिएर अघि बढेका युवा हुन् सोमबहादुर कटुवाल (सन्तोष) ।
मोरङको पथरीशनिश्चरे २ का युवा नेता कटुवालले नेपाली कांग्रेस पथरीशनिश्चरेको नगर सचिवमा उम्मेद्वारी घोषणासँगै उनको चर्चा चुलिएको छ । उनको उम्मेद्वारीलाई लिएर कांग्रेसका अग्रज तथा युवा सर्कलमा उनको चर्चा अत्यधिक रुपमा भइरहेको छ ।
नेपाली कांग्रेसको युवा संगठन तरुण दल पथरी शनिश्चरेको नगर सभापति भई युवा नेतृत्वलाई सम्हालिसकेका कटुवालले १४ औं महाधिवेसनबाट पार्टी नेतृत्वमा पाइला अगाडि बढाउन लागेका हुन् । नेपाली कांग्रेसको १३ आंै महाधिवेसनबाट तरुण दल नगर सभापतिमा निर्वाचित भइ ८ वर्ष सम्म युवाहरुको नेतृत्व गर्न सफल भएका कटुवालले युवाहरुकै माग बमोजिम आफू १४ आंै महाधिवेसनबाट पार्टी राजनीतिमा पाइला टेक्ने हिम्मत गरेको सुझाए । विद्यार्थी जीवन कालदेखि नै नेपाली कांग्रेस पार्टीमा आस्था राख्दै काग्रेसको निति नियम र पद्धतिमा रहेर जीवनको युवा जोशजाँगर लाई सुम्पेका कटुवालले पदिय जिम्मेवारी भन्दा बाहिर रहेर पनि काग्रेसपार्टीको गतिविधिमा सामेल हँुदै आएका छन् ।
वि.सं. २०६२/६३ को जन–आन्दोलन होस् या अन्य जनभावना विरोधी क्रियाकलाप हुन्, कटुवाल जनन्याय स्थापित गर्न अग्रभागमा रहेर सघर्ष गर्ने र आवाजलाई बुलन्द गर्ने युवाका रुपमा पथरी शनिश्चरेमा स्थापित व्याक्ति हुन् । पथरी शनिश्चरेमा पार्टीमा मात्र नभएर अन्तरपार्टीमा पनि राम्रो छवि बनाएका युवा व्यावसायी कटुवालले पार्टीको अस्तीत्व र गरिमा उँचो राख्न् युवाहरुलाई अवसर दिनुपर्ने मत राख्दछन् । बलियो काग्रेस र समृद्ध नेपाल बनाउन नेपाली काग्रेसले अवको दिनमा पाकालाई सम्मान र युवालाई प्रोत्साहान गर्दै लग्नु पर्ने उनको तर्क छ ।
वि.सं. २०६२/६३ को जन–आन्दोलनबाट प्राप्त उपलव्धि लोकतन्त्र र संविधानको रक्षा नै भावि पिढीको मुल चुनौती भएका कारण सोको रक्षा र अधुनिकीकरण गर्नका लागि पनि नेपाली कांग्रेस पार्टीमा युवाहरुलाई अवसर दिदै लग्नु पर्ने मान्यता उनमा छ । उमेरका हिसावले ३५ औ वसन्तका पाइलाहरु उचालिरहेका कटुवाल जति पार्टी राजनितिमा सक्रिय देखिन्छन् त्यति नै उनि सामाजिक सेवामा पनि सर्मपित छन् ।
कटुवालले राजनीति र सामाजिक कार्यलाई सँगसँगै अगाडी बढाइ रहेका छन् वि.सं. २०७१ बाट कटुवालले स्थानीय एक जनचेतना युवा क्वलमा अध्यक्षको भूमिकामा रहेर सो क्वलको नेतृत्व गर्दै सामाजिक सेवामा प्रवेस गरेका हुन् । हिट्स नेपालको तालिम व्यावस्थापक भएर सामाजिक संघ सस्थाको नेतृत्व पनि गरेका युवा हुन् । यस्तै कटुवाल गौरीभक्त होटल म्यानेजमेन्टको म्यानेजिङ डाइरेक्टरको रुपमा पनि आवद्ध रहेका छन् । पेशागत रुपमा गौरीभक्त होटल म्यानेजमेन्टमा आवद्ध रहेका कटुवाल राजनीतिमा जनसेवाको भावका कारण आफु लागि परेको बताउँछन् ।
युवा शक्तिलाई अवसर र प्रोत्साहन दिनुपर्ने धारणा कटुवालमा भएता पनि नेपाली काग्रेस पार्टी विभिन्न गुट र उप–गुटमा विभाजित छ । पार्टीको नेतृत्वमा पुग्नका लागि उम्मेद्वारलाले कुनै न कुनै नेताको आर्शिवाद र साथ पाउन सके मात्र नेतृत्व हत्याउन सक्ने देखीन्छ, तर कटुवाल भने आफु नेतृत्व हत्याउन कै लागि कुनै पनि गुट र उप–गुटमा नलाग्ने बताउँछन् । संगठनलाई दर्विलो र राजनितिलाई सु–सस्कारी मर्यादित सेवा बनाउन पार्टीको नेतृत्व चयनमा स्वच्छ प्रतिस्पर्धा हुनु पर्ने र आफु त्यही प्रतिस्पर्धा बाट अगाडि आउनेमा विश्वस्त रहेको उनि बताउँछन् ।