क्रेजी संवाददाता
पथरी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको रौनक छ अहिले । केही जिल्लाहरुको नगर अधिवेशन सम्पन्न भइसकेका छन् भने केही जिल्लाहरुमा असोज १६ गते शनिबार निर्वाचनको मिति तोकिएको छ । मोरङ जिल्लाको १६ गते हुने नगर अधिवेशनका लागि पार्टी चलाउन सक्ने उमेद्वार भन्दा पनि गुट गुटका आफ्नै उमेद्वारहरु खडा भइरहेका छन् ।
यही पेरिफेरिमा मोरङको पथरी शनिश्चरे नगर सभापतिका लागि इश्वर बहादुर थापा अहिले भोट अपिलका लागि दिनरात नभनी अहोरात्र खटिरहेका छन् । थापा कार्यकर्ता माझमा निक्कै लोकप्रिय उम्मेद्वार मानिन्छन् र पथरी शनिश्चरेका बलियो उम्मेद्वार पनि हुन् । समायोजनमा नगरको सहसभापति भएका थापाले करिब ९ महिना कार्यवहाक सभापति सम्हाले । थापाको नेतृत्वमा नगरका हरेक विषयमा खबरदारी गर्नुका साथै कार्यकर्ताका पिरमर्का बुझ्नका लागि समेत थापाको नेतृत्वमा नगर कार्यसमिति सक्रिय रहेको थियो ।
साविक हसन्दह यानिकी पथरीशनिश्चरेको वडा नं. ५ का स्थायी बासिन्दा थापाले अत्याधिक मतले सभापति जित्ने आम कार्यकताको बुझाइ छ । हसन्दह क्षेत्र कांग्रेसको ‘गण’ यानिकी निर्णायक मत खस्ने क्षेत्र हो । वडा नं. ५ र ६ बाहेक अन्य वडामा पनि थापाको राम्रो बर्चश्व कायम रहेको छ । थापाले कुनै गुटको भन्दा पनि नेपाली कांग्रेसको नेतृत्व समहाल्ने भएकाले धैरेको समर्थन थापालाई रहेको बुझिएको छ ।
थापाको राजनैतिक इतिहास :
थापा वि.सं. २०४३ सालबाट राजनीतिक रुपमा सक्रिय रहेका एक कुशल नेता हुन् । यस्तै शिक्षण पेशामा रहेका थापाले वि.सं. २०४७ सालमा नेपाल शिक्षक संघको गठन हुँदा क्षेत्रीय सह–सचिव भएर काम गरे । नेपाल शिक्षक संघको जिल्ला सदस्य भएका थापा त्यसताका अत्याधिक मत ल्याउने उमेद्वार पनि दरिए । शिक्षक पेशाबाट बाहिरिन साथ थापाले नेपाली कांग्रेसको राजनीतिलाई पूर्ण रुपमा अगाडि बढाएका हुन् ।
हसन्दह गाउँ सभापति, पथरी शनिश्चरे नगर सहसभापति, कार्यबाहक नगर सभापति समेत भएका थापाको नेतृत्वमा पार्टीले हरेक ठाउँहरुमा सफलता पाइसकेको छ । स्थानीय तहको निर्वाचनमा वडाहरुमा अध्यक्ष सहित प्यानल नै बिजयी, उद्योग वाणिज्य संघ पथरीमा अध्यक्ष लगायत मुख्य पदहरुमा कांग्रेस निकट उमेद्वारहरु बिजयी, विद्यालय व्यवस्थापन समिति लगायतका क्षेत्रमा समेत कांग्रेस निकटले नै नेतृत्व गरिरहेका छन् ।
कार्यकर्ताहरुको सक्रियताका लागि केन्द्रीय नेताहरु गाउँमा ल्याएर कार्यक्रम गर्ने, चाडपर्व विशेषका कार्यक्रमहरु, समाजका हरेक समस्यालाई पार लगाउने, महामारीमा राहत वितरण गर्ने देखि गाउँबाट काठमाडौंसम्म पुगेर विभिन्न आन्दोलन तथा बिरोधका कार्यक्रमहरुमा सरिक हुने थापा गुटको भन्दा पनि स्वच्छ छवि भएका नेता हुन् । सञ्चारकर्मीहरु माझ उनले भने–‘म गुट र उपगुटमा विश्वास गर्दिनँ म स्वच्छ नेपाली कांग्रेसको कार्यकर्ता हुँ ।’