धिमाल जातिय विकास केन्द्र बयरबनको ११ औं बार्षिक साधारणसभा सम्पन्न - Crazysaptahik.com

धिमाल जातिय विकास केन्द्र बयरबनको ११ औं बार्षिक साधारणसभा सम्पन्न

क्रेजी संवाददाता
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपलिकामा धिमाल जातिय विकास केन्द्र बयरबन गाउँ टोल समितीले समाजका विभिन्न व्यक्तीहरूलाई आज सम्मान गरेको छ ।

कानेपोखरी ६ स्थित भलुवा महाराज थान परिसरमा बयरबन गाउँ टोल समितीको ११ औ बार्षिक साधारण सभाको अवसरमा समाजका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा भलुवा महाराज थानको प्रवेशद्धार निमार्णमा सहयोग पुर्‍याउने कानेपोखरी ४ का ज्ञानु लिम्बु (नानु), जेष्ठ नागरिक पुष्पलाल धिमाल,एकल महिला बाक्ली तालिफा , फरानी धिमाल र मेहनती तथा जेहन्दार विद्यार्थीहरू शुसन धिमाल,मन्दिरा धिमाल, मनिका धिमाल र अश्मी धिमाललाई सम्मान गरिएको बयरबन गाउँ टोल समितीका अध्यक्ष भगतराम धिमालले बताए ।

धिमाल जातिय विकास केन्द्र बयरबन गाउँ टोल समितीका अध्यक्ष भगत राम धिमालले आर्थिक बर्ष ०७७।०७८को कार्य प्रगती विवरण प्रस्तुत गरेको कार्यक्रममा धिमाल जातिय विकास केन्द्रका केन्द्रिय अध्यक्ष लोक बहादुर धिमाल, कानेपोखरी वडा ६ का अध्यक्ष खड्ग बहादुर बस्नेत, धिमाल जातीका अगुवा सुर्य बहादुर धिमाल, रत्नीमाया धिमाल लगायतका स्थानिय धिमाल जातीका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.