क्रेजी संवाददाता
कानेपोखरी । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कानेपोखरी गाउँपालिकाको सभापतिमा योगेन्द्र दाहाल विजयी भएका छन । उनी कोइराला पक्षका उम्मेदवार हुन ।
दुई आकांक्षीमध्ये योगेन्द्र दाहालले ७३ मत ल्याउँदा अर्का सभापतिका प्रत्यासी देउवा समुहका दिपक चौलागाईंले ७१ मत ल्याएको निर्वाचन समितीले जनाएको छ । यी दुई सभापति बिचको मतान्तर २ अंक रहेको छ ।
त्यसैगरी गाउँपालिका उपसभापतिमा भानु फुयल र जब्बर बहादुर राई विजयी भएका छ्न । सचिवमा विबेक लिम्बू र पुष्पबहादुर कार्की विजयी भएका छ्न भने सह-सचिवमा मनिष न्यौपाने र सजिव लिम्बू चुनिएको हुन । शनिबार भएको निर्वाचनको मत परिणाम शनिबार बेलुकै प्राप्त भएको हो ।