कांग्रेस पथरीशनिश्चरे सभापतिमा रुपनारायण भट्टराई निर्वाचित - Crazysaptahik.com

कांग्रेस पथरीशनिश्चरे सभापतिमा रुपनारायण भट्टराई निर्वाचित

क्रेजी संवाददाता
पथरी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङको पथरीशनिश्चरे नगर सभापतिमा रुपनारायण भट्टराई निर्वाचित भएका छन् । हिजो (शुक्रबार) भएको नगर अधिवेशनबाट ८२ मतका साथ भट्टराई सभापतिमा निर्वाचित भएका हुन् ।

सभापतिका उम्मेद्वारद्वय लोकनाथ खरेलले ५८ र ईश्वर थापाले ५४ मत प्राप्त गरेका थिए । यस्तै उपसभापतिमा सन्तोष कार्की र कुलबहादुर गुरुङ विजयी भएका छन् । उपसभापतिका उम्मेद्वार कार्कीले सर्वाधिक १४८ मत प्राप्त गरेका छन् भने कुलबहादुर गुरुङले ९३ मत प्राप्त गरे । उपसभापतिका प्रत्यासीद्वय किशोर बहादुर बस्नेतले ६८ र सन्तोष गुरुङले ३२ मत प्राप्त गरे ।

यसैगरी सचिव पदमा सोमबहादुर कटुवाल (सन्तोष) र योगराज पाठक विजयी भएका छन् । सविच पदका उम्म्देवार कटुवालले १३३ मत प्राप्त गरेका छन् भने पाठकले १०८ मत प्राप्त गरेका छन् । सचिवका अर्का प्रत्यासी लक्ष्मीप्रसाद दुलाले ६८ मत मात्र प्राप्त गरेका छन् । सह–सचिवमा भने सोफिया कटुवालले १२० मत र खगेन्द्र बस्नेतले ११९ मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवका अर्का प्रत्यासी सागर बरालले ८५ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.