आईपीएलमा कोलकाताले हैदरावादलाई हरायो - Crazysaptahik.com

आईपीएलमा कोलकाताले हैदरावादलाई हरायो

ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत आइतबार राति भएको खेलमा कोलकता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ ।ओपनर शुभमन गिलको अर्धशतक मद्दतमा हैदरावादले दिएको ११६ रनको लक्ष्य कोलकताले १९.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरे ।

गिलले ५१ लब खेल्दै १० चौका मद्दतमा ५७ रन बनाए । नितिस रानाले २५ जोडे भने दिनेश कार्तिकले अविजित १८ रन बनाए । हैदरावादका जासन होल्डरले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरवादले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

हैदरावादका कप्तान केन विलियम्सनले २६, अब्दुल समादले २५ र प्रियम गार्गले २१ रन बनाए । कोलकाताका टिम साउथी, शिभम माभी र वरुण चक्रवर्तीले २÷२ विकेट लिए । जितपछि कोलकताले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

१३ खेलबाट १२ अंकसहित कोलकता चौथो स्थानमा छ । कोलकताले अन्तिम खेलमा राजस्थान रोएलसँग खेल्नेछ । प्लेअफ होडबाट बाहिरिसकेको हैदरावाद चार अंकसहित पुछारमा छ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.