ईपीएलमा भैरहवाले चितवनलाई हरायो - Crazysaptahik.com

ईपीएलमा भैरहवाले चितवनलाई हरायो

एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । यो चितवनको पहिलो हार हो । चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७.५ ओभर खेल्दै ४ विकेट गुमाएर भेटाएको हो ।

भैरहवाका प्रदीप ऐरीले ४३ बलमा ८ चौका र तीन छक्का हान्दै सर्बाधिक ७२ रन बनाए । त्यस्तै तमिनइक्वालले ४० रन बनाए । उपुल थाराङ्गाले नटआउट ३९ रनको योगदान गरे भने रोहित फौडेलले ६, आरिफ शेख र कुशल मल्लले एक÷एक रन जोडे ।

चितवनका करिम जनतले दुई र सागर ढकाल र भीम सार्कीले एक÷एक विकेट लिए । पहिले ब्याटिङ् गरेको चितवनका करिम जनतले ३५, मोहम्मद साहजादले ३२, सिक्कुगे प्रशन्नाले २४, राजेश पुलामीले १४, दिलीप नाथले १३, कमल ऐरीले ७, देव खनालले ५ र खड्क बोहोराले एक रन बनाएका थिए ।

भैरहवाका अविनाश बोहोराले तीन, कुशल मल्लले दुई र धम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले एक÷एक विकेट लिए । हारपछि पनि चितवन शीर्ष स्थानमै छ । भैरहवा दोस्रो स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.