म्यानचेस्टर सिटी र लिभरपुलबीच बराबरी - Crazysaptahik.com

म्यानचेस्टर सिटी र लिभरपुलबीच बराबरी

इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् । सडियो मानेले खेलको ५९ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ६९ मिनेटमा फिल फोडेनले सिटीबाट बराबरी गोल फर्काए ।

मोहम्मद सलाहले ७६ मिनेटमा गोल गरेपछि लिभरपुल २–१ ले अघि बढेको थियो । तर खेलको ८१ मिनेटमा केभिन डि ब्रुयनाले सिटीबाट गोल फर्काए । यस बराबरीपछि ७ खेलबाट १५ अंक बटुलेको लिभरपुल लिगको दोस्रो स्थानमा छ ।

जारी लिगमा अहिलेसम्म अपराजित रहने लिभरपुल एक्लो टोली हो । यता, ७ खेलबाटै १४ अंक बटुलेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा चेल्सी छ । उसले ७ खेलबाट १६ अंक बटुलेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.