
लङ्गसिङ्ग श्रेष्ठ
लेटाङ । मोरङको लेटाङ्ग –९ बाह्रगोठेमामा जारी नक आउट फुटबल प्रतियोगितामा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा वारङ्गि क्ल्बलाइ भेट्रान लेटाङ्गले ट्राइबेकरमा ५-४ गोलले जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको छ ।
खेलको पहिलो मिनेटमै वारङ्गीका जर्सी न ७ का आयुस लिम्बुले उत्कृष्ट गोल गरेका थिए ।त्यस्तै खेलको १०औं मिनेटमा भेट्रानका जर्सी न ३का सुमन राइले गोल गर्दै खेल बराबरी गरेका थिए । यस्तै खेलको ३३औं मिनेटमा आयुसले गोल गरे भने भेट्रानक जर्सी न १६ का अनिल राइले भेट्रानका लागी थप गोल गरि २-२ को खेल बनाएका थिए । दुबै टिमका खेलाडीहरुले धेरै राम्रा राम्रा अवसर पाएता पनि निर्धारित समयमा बलले जाली चुम्न नसक्दा खेल ट्राइबेकरमा धकलिएको थियो ।
ट्राइबेकरमा भेट्रानका प्रकाश थापा,सुमन लिम्बु,किम्जो राइ,अनिल राइ र यामले गोल गरे यस्तै वारङ्गीका आयुस लिम्बु,प्रज्वल मगर,निकेश राइ,सुजन बस्नेतले गोल गरे भने वकिल मगरको बल पोस्ट बाहिर जादा वारङ्गी ५-४ गोलको हार बेहोर्नु परेको हो । खेलको म्यान अफ दि म्याच भेट्रान लेटाङका सुमन राई घोषित भए । आजको म्यान अफ दि म्याच लेटाङ्ग ९ का बाबुराम मगरले प्रायोजन गरेका थिए । प्रतियोगितालाई लेटाङ वडा नं. ९, लेटाङ नगरपालिका र कोपिला सामुदायिक वन उपभोक्ता समूहले प्रायोजन गरेका छन् । जम्मा १६ टिमले सहभागिता जनाउने उक्त प्रतियोगिताको फाइनल असोज २६ गते सप्तमीको दिन हुने जनाइएको छ ।

प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार रुपैयाँ र उपविजेता टिमलाई नगद १५ हजार रुपैयाँ साथमा ट्रफि, मेडल प्रदान गरिने आयोजक बाह्रगोठे युवा क्लबका अध्यक्ष पूर्ण विश्वकर्माले जानकारी दिए । भोलीको क्वाटरफाइनल खेल गुप्ती युवा क्लब मिक्लाजुङ्ग भर्सेस आयोजक बिच मिक्लाजुङ्ग ५ धानखेती चन्द्रमा बिद्यालय को खेल मैदानमा ठिक ३ बजे हुनेछ ।

