क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङ पथरी शनिश्चरे नगरपालिकामा पहिलो पटक “जनतासँग वडा अध्यक्ष” कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।
वडा नं. ४ को सहयोग र भुल्के मिडिया प्रालीको आयोजनामा “जनतासँग वडा अध्यक्ष” कार्यक्रम जिज्ञासा, गुनासा, खबरदारी र वडाको समग्र पक्षसँग सम्बन्धित प्रश्न उत्तर सहित बिहीवार सोही वडा कार्यालयको प्राङ्गणमा सम्पन्न भएको हो ।
वडाका प्रतिनिधीमूलक सामाजिक अगुवा, शिक्षक, विद्यार्थी, युवा लगायतको बाक्लो सहभागीता रहेको कार्यक्रममा उनिहरूबाट टिपोट भएका जिज्ञासाहरूलाई वडा अध्यक्ष गोबिन्द बहादुर भण्डारी समाधान गरेका थिए । सहभागीहरूलाई पालैपालो आफ्ना प्रश्नहरू राख्न दिइएको समयमा शिक्षा, स्वास्थ्य, बाटो, पुल, वडाका जनप्रतिनिधिहरू बिचको सामंजस्यता, कार्यालयको कामकारबाहीमा ढिलासुस्ती लगायतका विषयमा प्रश्नहरू सोधेका थिए ।
वडा अध्यक्ष भण्डारीले उत्तर दिने क्रममा समस्या के कारणले भयो, समाधानका पाटाहरू केके रहेका छ्न र सुधार गर्नुपर्ने विषयवस्तु प्रती तत्काल ध्यानाकर्षण गर्ने बारे प्रष्ट विचार व्यक्त गरे । उनले भने, ‘ हामी जनताको पक्षमा अहोरात्र खटिरहेका छौँ र खटिरहने छौँ, जनता भन्दा माथी कोहि छैन । हाम्रो तर्फबाट भुलबस विगतमा केही गल्ती हुन गएँ होला तर त्यसलाई सच्याउँदै हामी अघि बढी सकेका छौँ, वडाको क्षमताले भ्याएसम्म वडाका हरेक भूगोल र क्षेत्रको विकास गर्न छौँ ‘ । उनले वडाको कामकारबाहीबारे जनताको सल्लाह, सुझाव, गुनासा, प्रतिक्रियालाई सधैं सिरोधार्य गर्दै अघि बढ्ने बताए । उनले कहिलेकाही सेवाग्राहीबाट कानुन विपरीत रहेका कार्य गर्न दबाब आउँने गरेको बताए । त्यस्ता अराजक कार्यहरूले समाज र देशलाई नै नकरात्मक दिशा तर्फ धकेल्ने हुँदा आजैबाट त्याग्न अनुरोध गर्दै पुनः दोहोर्याए कानुनी कार्बाहीको भागेदारी बन्न सकिने सुझाए ।
सहभागीहरूले वडा कार्यालयको कामकारबाही चुस्त, विकास निर्माण, जनतालाई सूचीत गराउने, ढिलासुस्तीमा सुधार लगायतका विषयलाई थप व्यवस्थित बनाउन सुझाव दिए ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा संविधान सभा सदस्य लालबहादुर सुस्लिङ मगरले रहेका थिए भने अध्यक्षता वडा अध्यक्ष गोबिन्द बहादुर भण्डारीले गरेका थिए । साथै कार्यक्रममा नगर कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, वडा सदस्यहरू दिलु मगर, अम्बरबहादुर बराइली लगायत विभिन्न क्षेत्रबाट आएका मानिसहरू बाक्लो उपस्थिति रहेको थियो ।