गायक तथा संगीतकार भीषण मुकारुङ राईले तीन वर्ष अघि सार्वजानिक गरेका थिए ‘खोर्सानी डल्ले…’ गीतको म्यूजिक भिडियो । सो गीतले आजसम्म ४ मिलियन बढी दर्शकको साथ पाइसकेको छ । यस कारण भन्न सकिन्छ कि भीषणको ‘खोर्सानी डल्ले…’ नेपाली गीत संगीतमा एक सफल गीत भनेर ।
हो, सोही गीतको सफलतापछि मुकारुङले ‘ए सिम्मा, खोर्सानी डल्ले २’ गीतको भिडियो हिजो सार्वजानिक गरेका छन् । सो गीतमा दुर्लभ जन्तरेका शब्द र विशेष खालिङले संगीत भरेका छन् । गीतमा चन्दु गोर्खालीको संगीत संयोजन भने गीतलाई पृथक् रेकर्डस स्टुडियोमा विवेक रानापहेलीले रेकर्डिङ साथै देबेश राईले मिक्सिङ र मास्टरिङ गरेका छन् ।
तक्मे बुढा च्यानल मार्फत् सार्वजनिक गरिएको भिडियोमा गायक भीषणसँगै विल्सन विक्रम राई (तक्मेबुढा), रजनी गुरुङ, विशाल लिम्बु र श्याम राईको जीवन्त अभिनय देख्न सकिन्छ भने भिडियोलाई कमल राईले नृत्य निर्देशन गरेका हुन् । यस्तै
विल्सन विक्रम राईको निर्देशन रहेको भिडियोमा बिक्रम डिसीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस् :-