विश्वकप छनोटमा जर्मनीको पुनरागमन जित - Crazysaptahik.com

विश्वकप छनोटमा जर्मनीको पुनरागमन जित

विश्वकपको युरोपियन छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियामाथि पुनरागमन जित हात पारेको छ ।समूह ‘जे’ को खेलमा एक गोलले पछि परेको स्थिति उल्टाएर जर्मनीले रोमानियालाई २–१ ले पराजित गरेको छ ।

खेलको नवौँ मिनेटमै इयानिस हागीले गोल गर्दै रोमानियालाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा सर्जी जीनाब्रीले जर्मनीका लागि बराबरी गोल फर्काए । ८१औं मिनेटमा थोमस मुलरले जर्मनीका लागि विजयी गोल गरे ।

जितपछि सात खेलबाट १८ अंक जोडेको जर्मनी समूह जे को शीर्ष स्थानमा छ । समान खेलबाट १० अंकसहित रोमानिया चौथो स्थानमा छ । यसै समूहको अर्को खेलमा नर्थ मेसेडोनियाले लिचेस्टाइनलाई ४–० ले पराजित गरेको छ ।

आइसल्याण्ड र अर्मेनियाले १–१ को बराबरी खेलेका छन् । नर्थ मेसेडोनिया १२ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ ।यस्तै समूह ‘जी ‘को खेलमा नेदरल्याण्ड्सले लात्भियालाई १–० ले पराजित गरेको छ ।

नेदरल्याण्ड्सका लागि डेभी क्लासेनले एक मात्र गोल गरे । जितपछि सात खेलबाट १६ अंकसहित नेदरल्याण्ड्स समूह जी को शीर्ष स्थानमा छ । अर्को खेलमा नर्वे र टर्कीले १–१ को बराबरी खेलेका छन् ।

नर्वे १४ अंकसहित दोस्रो र १२ अंक रहेको टर्की तेस्रो स्थानमा छ । यसैगरी समूह एचको खेलमा क्रोएसियाले साइप्रसलाई ३–० ले पराजित गर्दा स्लोभेनियाले माल्टालाई ४–० र रुसले स्लोभाकियालाई १–० ले पराजित गरेको छ ।

क्रोएसिया ७ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा छ भने समान अंक रहेको रुस दोस्रो स्थानमा छ । स्लोभेनिया १० अंक जोडेर तेस्रो स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.