सगरमाथा युवा क्लब २-० गोल अन्तरले विजयी हुँदै फाइनल प्रवेश - Crazysaptahik.com

सगरमाथा युवा क्लब २-० गोल अन्तरले विजयी हुँदै फाइनल प्रवेश

लङसिङ्ग श्रेष्ठ
लेटाङ । लेटाङ मोरङको लेटाङ्ग –९ बाह्रगोठेमामा जारी नक आउट फुटबल प्रतियोगितामा आज भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथा युवा क्लब लेटाङ्गले लाफा क्लब लाई २-० गोलले जित निकाल्दै फाइनल प्रवेश गरेको छ ।

खेलको २१ औं मिनेटमा सगरमाथाका जर्सी न १७ का शुशिल राईले गोल गर्दै टिमलाई अग्रता दिलाएको हो । त्यस्तै खेलको ४५औं मिनेटमा सगरमाथाका जर्सी न २१ का शुवास राइ (एडि)ले थप गोल गरेका थिए । लाफाका लागी पनि उत्कृष्ट मौका प्राप्त गरे पनि कुनै बल ले सहि दिशा लिन सकेन । दुबै टिमका खेलाडीहरुले धेरै राम्रा राम्रा अवसर पाएता पनि निर्धारित समयमा बलले जाली चुम्न नसक्दा लाफा क्लब लेटाङ्गले २-० गोलको हार बेहोर्नु परेको हो । खेलको म्यान अफ दि म्याच सगरमाथाका सनम राई घोषित भए ।

प्रतियोगितालाई लेटाङ वडा नं. ९, लेटाङ नगरपालिका र कोपिला सामुदायिक वन उपभोक्ता समूहले प्रायोजन गरेका छन् । जम्मा १६ टिमले सहभागिता जनाउने उक्त प्रतियोगिताको फाइनल असोज २६ गते सप्तमीको दिन हुने जनाइएको छ । प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार रुपैयाँ र उपविजेता टिमलाई नगद १५ हजार रुपैयाँ साथमा ट्रफि, मेडल प्रदान गरिने आयोजक बाह्रगोठे युवा क्लबका अध्यक्ष पूर्ण विश्वकर्माले जानकारी दिए ।

भोलीको दोस्रो सेमिफाइनल खेल गुप्ती युवा क्लब मिक्लाजुङ्ग भर्सेस लेटाङ्ग भेट्रान बिच मिक्लाजुङ्ग ५ धानखेती चन्द्रमा बिद्यालय को खेल मैदानमा ठिक ३:०० बजे हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.