लेटाङ भेट्रान फाइनलमा प्रवेश, सगरमाथा र लेटाङ भेट्रान बीच भिडन्त हुने - Crazysaptahik.com

लेटाङ भेट्रान फाइनलमा प्रवेश, सगरमाथा र लेटाङ भेट्रान बीच भिडन्त हुने

लङसिङ्ग श्रेष्ठ
लेटाङ । मोरङको लेटाङ–९ बाह्रगोठेमा जारी नकआउट फुटबल प्रतियोगितामा आज भएको दोस्रो सेमिफाइनल खेलमा गुप्ती युवा क्लब मिक्लाजुङलाई लेटाङ भेट्रानले १–० गोलको जित निकाल्दै फाइनल प्रवेश गरेको छ ।

खेलको २० औं मिनेटमा भेट्रानका यम मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियोे । गुप्तीले उत्कृष्ट मौका प्राप्त गरे पनि कुनै बलले सही दिशा लिन सकेन । दुबै टिमका खेलाडीहरुले धेरै राम्रा राम्रा अवसरहरु पाएता पनि निर्धारित समयमा बलले जाली चुम्न नसक्दा यमको गोल नै निर्णायक गोल बनेको थियो । यो सँगै गुप्तीले १–० गोलको हार बेहोर्नु परेको हो । खेलको म्यान अफ दि म्याच भेट्रानका यम मगर घोषित भए ।

प्रतियोगितालाई लेटाङ वडा नं. ९, लेटाङ नगरपालिका र कोपिला सामुदायिक वन उपभोक्ता समूहले प्रायोजन गरेका छन् । जम्मा १६ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल असोज २६ गते सप्तमीको दिन हुनेछ ।

प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार रुपैयाँ र उपविजेता टिमलाई नगद १५ हजार रुपैयाँ साथमा ट्रफी, मेडल प्रदान गरिने आयोजक बाह्रगोठे युवा क्लबका अध्यक्ष पूर्ण विश्वकर्माले जानकारी दिए । फाइनल खेल सगरमाथा युवा क्लब लेटाङ भर्सेस लेटाङ भेट्रान बिच मिक्लाजुङ– ५ धानखेती चन्द्रमा बिद्यालयको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.