गाडीले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु - Crazysaptahik.com

गाडीले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु

क्रेजी संवाददाता
झापा । झापा भद्रपुर नगरपालिका ४ रंगेडाडामा अवस्थित सेफ्टी टेयाङकीको गाडीले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकल यात्री भद्रपुर नगरपालिका ६ का ६० बर्षीय महेश सिंह राजवंशी रहेका छन् ।

आज दिउसो ११ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी टेयाङकीको गाडीले बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदाँ गम्भिर घाईते भएका राजबशीको उपचारको लागी ओमसाई पाथिभरा अस्पताल भद्रपुर पुर्याउन साथ मृत्यु भएको छ ।

गाडी र चालक भद्रपुर नगरपालिका १० का २१ बर्षीय आमसमणी टुडु वडा प्रहरी कार्यालय भद्रपुरको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.