राजेश पायल राई र खुश्बुको 'झुक्याई मलाई...' युट्युवमा - Crazysaptahik.com

राजेश पायल राई र खुश्बुको ‘झुक्याई मलाई…’ युट्युवमा

अहिलेका चल्तीका गायक राजेश पायल राई र गायिका खुश्बु राईको आवाजमा सजिएको ‘झुक्याई मलाई …’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

ओएसआर डिजिटल च्यानल मार्फत् सार्वजानिक गरिएको डान्सिङ नम्बरको यस गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका वर्षा राउतले फिचरिङ गरेका छन् । सामाजिक सञ्जालको अलि बढी चर्चा गरिएको यस गीतका रचना तथा संगीतकार स्वयं गायिका खुश्बु राईले गरेकी छिन् । खुश्बुले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो यात्रालाई निरन्तर अगाडि बढाइरहेकी छिन् ।

गायिका खुश्बु राई 

यसैगरी सो गीतमा राजु कार्कीको एरेन्ज, सुरेश राई र मनोज साङसोन राईको रेकडिष्ट, सुवोल थापाको कोरियोग्राफी, बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन र निर्देशन निकेश खड्काको रहेको छ भने निर्माताको भूमिका बलराम सरदार चौधरीले निभाएका छन् ।

हेर्नुहोस् म्यूजिक भिडियो :-

सम्बन्धित खवर