नेकपा एसले फलामे बेन्च हस्तान्तरण गर्‍यो - Crazysaptahik.com

नेकपा एसले फलामे बेन्च हस्तान्तरण गर्‍यो

क्रेजी संवाददाता
कानेपाेखरी । नेकपा (एकीकृत समाजवादी) मोरङ कानेपाेखरी गाउँ कमिटीले वडा नं. ६ स्थित रमाईलाे बजार व्यवस्थापन समितिलाई तीन थान फलामे बेन्च हस्तान्तरण गरेकाे छ ।

साे पार्टीको कानेपाेखरी गाउँपालिकाका संयाेजक भूमि दुलालले रमाईलाे बजार व्यवस्थापन समितिका सदस्य खेमराज श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

आफूहरूले पार्टीको गतिविधिलाई सामाजिक काममा लगाएकाे दुलालले बताए । उनका अनुसार बेन्च निर्माणका लागि दुलालसहित मिनबहादुर बस्नेत र मनिष थापाले आर्थिक सहयाेग गरेका हुन् ।

सम्बन्धित खवर