धान बाली सहितको क्षतिको विवरण संकलन गरिने - Crazysaptahik.com

धान बाली सहितको क्षतिको विवरण संकलन गरिने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिका बैठकले बेमौसमी वर्षात्का कारण धान बाली सहितको क्षतिको विवरण वडा कार्यालय तथा कृषि शाखाका प्राविधिक मार्फत् संकलन गरिने निर्णय भएको छ ।

नगर प्रमुख दिलिपकुमार राई (किशोर)को अध्यक्षतामा आज बसेको बैठकले वडा वडामा बढी मात्रामा क्षति पुगेको अवस्थाको यकिन विवरण चाँडो संकलन गरी नगर कार्यापालिकामा पेश गर्ने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनुभयो ।
नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट बास्तोलाको अगुवाईमा अनुगमन समितिले वडाका बढी क्षति भएका ठाउँहरुको अनुगमन गरी क्षतिको अवस्थाका बारेमा प्रारम्भिक जानकारी लिएर नगर कार्यपालिकामा जानकारी गराएको थियो । कृषि ज्ञानकेन्द्रले पनि बालीको क्षतिको विवरण माग गरेको बैठकमा जानकारी गराइएको छ ।

बैठकले, २८ करोड ७८ लाख ६१ हजार ८ सय ९२ रुपैयाँ ६६ पैसाको लागत स्टिमेटमा नगरमा व्यापारिक भवन ( सपिङ कम्प्लेक्स) निर्माणमा नगरले त्यसको ३० प्रतिशतले हुन आउने ८ करोड ६३ लाख ५८ हजार ५ सय ६७ रुपैयाँ ७९ पैसा व्यहोर्ने निर्णय गरेको छ । जसमा, सरकारको नगर विकास कोषले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम व्यहोर्ने गरी योजना तय भएको छ । नगर विकास कोषले सो कुराको निर्णय गरी बोर्डमा पठाएको उल्लेख छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.