
क्रेजी संवाददाता
केराबारी । मोरङको केराबारी गाउँपालिकामा प्रथम स्व. राजु सोदेन स्मृति कप–२०७८ हुनेभएको छ । ‘केराबारीका युवाहरुको सान, खेलकुदमा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ कात्तिक ८ गतेदेखि १५ गतेसम्म स्मृति कप आयोजना हुन लागेको हो ।
सामाजिक कार्यमा सधैं अग्रसर रहने केराबारीका एक उर्जाशिल युवा स्व. राजु सोदेन (लिम्बु)को सम्झनामा फुटबल प्रतियोगिता हुनेभएको हो । केराबारी–८ को प्रस्तावित केराबारी रंगशालामा हुने सो प्रतियोगितामा झापा, मोरङ, सुनसरी र उदयपुरका ८ वटा टिमले सहभागिता जनाउने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएका छन् । जसमा बसाहा फुटबल क्लब उदयपुर, झापा फुटबल क्लब झापा, विराटनगर स्पोर्टस एकेडेमी मोरङ, टेन नवोदय फुटबल क्लब पथरी, केराबारी फुटबल क्लब आयोजक, फेयर फुटबल क्लब धरान, इटहरी फुटबल क्लब सुनसरी र लेटाङ फुटबल क्लब रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिनेछ । प्रतियोगिताका लागि प्रथम पुरस्कार प्रायोजन स्व. राजु सोदेनको हितेसी साथीहरु विराटचौकबाट भएको छ भने दोस्रो पुरस्कार केराबारी–३ का जोगेन्द्र फागो लिम्बुले प्रायोजन गरेका छन् ।

यसैगरी प्रतियोगितामा प्रायोजकहरू केराबारी गाउँपालिका खेलकुद विकास समिति, कृष्ण क्रसर उद्योग केराबारी–८, शिवम् क्रसर उद्योग केराबारी–८, महादेव क्रसर उद्योग केराबारी–८, कमल तामाङ, रविन लिबाङ एवं समस्त लिबाङ परिवार केराबारी–१० –हाल हङकङ) रहेका छन् । सह–प्रायोजकहरु रोहित बहादुर कार्की केराबारी–८, लोकमान चेम्जो– केराबारी–१० (हाल हङकङ), स्व. राजु सोदेन परिवार, सुमन मगर केराबारी–१० रहेका छन् ।
खेलको संरक्षक केराबारी गाउँपालिका खेलकुद विकास समितिले गर्ने र प्रतियोगिताको अनुमानित खर्च १५ लाख लाग्ने मूल आयोजक समिति केराबारीका प्रवक्ता अनिल ठकुरीले जानकारी दिए ।

