नेकपा एमाले पथरीशनिश्चरे वडा नं. १ मा प्रदिपकुमार राई - Crazysaptahik.com

नेकपा एमाले पथरीशनिश्चरे वडा नं. १ मा प्रदिपकुमार राई

क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पथरीशनिश्चरे वडा नं.१ को प्रथम वडा अधिवेशनद्वारा सर्वसम्मत रुपमा प्रदिपकुमार राई निर्वारोध निर्वाचित भएका छन् ।

पथरीशनिश्चरे–१ मा अवस्थित नर्वदेश्वर शिवालय मन्दिरमा आज भएको वडा अधिवेशनबाट क्रमशः उपाध्यक्ष देवी राई, सचिव सुनिल खत्री, उप–सचिवद्वय निलम बस्नेत र राजु गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा भूमिप्रसाद पाठक, खेमराज निरौला, नारायणप्रसाद खतिवडा, अन्जु कटुवाल, मिना कार्की, गोविन्द धिमाल, शान्ता घिमिरे, नविन सिटौला, दिलिप पोख्रेल, ज्ञानु राई, पुन्य तामाङ, मोहन संग्रौला, हरि कुमार रसाइली, गिता पाँचकोटी, रेनुका अधिकारी, सविता ढकाल, भोजकुमारी लावती, तिलक थापा, सुनिल चौधरी, निरञ्जीवी कटुवाल, ढुण्डीराज भट्टराई, आरती विक, दिपेन्द्र गुरुङ, मुकेश बराइली र प्रोस लिम्बु रहेका छन् ।

अधिवेशनमा अथितिहरू नगर प्रमुख तथा पार्टीका प्रदेश सदस्य दिलिप कुमार राई (किशोर), प्रदेश सदस्य रामकुमार बस्नेत, युवराज बास्कोटा, देवराज भण्डारी, विजय डाँगी लगायतले उपस्थिति जनाएका थिए । यस्तैगरी स्वागत मन्तव्य नगरका उपप्रमुख यमुना बिष्ट बास्तोलाले राखेकी थिइन् । निर्वाचित पदाधिकारीहरुलाई वडा अधिवेशनका सहजीकरण समितिका संयोजक अर्जुन क्षेत्रीले सपथग्रहण गराएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.