नेकपा एमाले पथरीशनिश्चरे १० को अध्यक्षमा थापा - Crazysaptahik.com

नेकपा एमाले पथरीशनिश्चरे १० को अध्यक्षमा थापा

क्रेजी संवाददाता
पथरी । नेपाल कम्युनिष्ट पार्टी एमाले पथरीशनिश्चरे १० को प्रथम वडा अधिवेशनबाट पर्वत थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा उमादेवी श्रेष्ठ, सचिवमा सञ्जय राई, उपसचिवमा कमला दाहाल र राजेन्द्र दाहाल निर्वाचित भएका छ्न ।

यस्तैगरी सदस्यहरुमा विकास तामाङ, प्रेमबहादुर तामाङ, खेलकुमारी राई, उजीर बहादुर राई, इन्द्र बहादुर कार्की, राजकुमार लिम्बु, शिवनारायण लिम्बु, तिर्था शिवा, मिना तामाङ, युद्धनाथ सापकोटा, पदम पाख्रिन, पुष्प राजसाही, मन्जु भट्टराई गौतम, अशोक केदेम, निर्मला विष्ट, हरिमाया विक, कविता राई दुर्गा राज खत्री, गणेश मगर, शान्ता राई, चन्द्रकला खड्का, हेमकला अधिकारी, प्रेमकला ढुंगाना, पदम बहादुर तामाङ, योगेश बिष्ट र गणेश लिम्बु रहेका छन् ।

शनिवार पथरीशनिश्चरे १० मा भएको प्रथम वडा अधिबेशनले ३१ सदस्यीय वडा कमिटी निर्वाचित गरेको हो । निर्वाचित वडा कमिटी सदस्यलाइ नेकपा एमालेका प्रदेश १ का प्रदेश कमिटि सदस्य डम्बर चोङ्वाङ्ले सपथ खुवाएका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.