क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका भित्र रहेका ७ वटा वडाहरू मध्ये ६ वटा वडाहरू १,२,३,५,६ र ७ ले प्रथम ऐतिहासिक वडा अधिवेशनबाट सहमतिमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । वडा नं. १ मा चन्द्र बहादुर मगरको अध्यक्षता २६ सदस्यीय वडा कमिटी गठन भएको हो । उपाध्यक्षमा नर्वदा कार्की, सचीवमा अर्जुन कार्की र उपसचिवमा आनन्द ठाकुर र गोपाल मगर सर्वसम्मत छानिएका हुन ।
त्यसैगरी २ नम्बर वडामा पर्शुराम खतिवडाको अध्यक्षता २६ सदस्यीय वडा कमिटी गठन भयो । शेरबहादुर बस्नेत उपाध्यक्षमा, मोहन पराजुली सचिवमा र उपसचिवमा कलावती ऋषिदेव र भोजराज कार्की सर्वसम्मत चयन भए । वडा नं. ३ बाट गोपालबहादुर कार्की अध्यक्ष पदमा चयन हुँदा उपाध्यक्षमा कुल केशर दाहाल, सचिवमा खिनामाया दाहाल, उपसचिवमा नवीन किशोर दाहाल र माया ऋषिदेव निर्विरोध छानिए । सो वडाबाट पनि २६ जना सदस्यहरू चयन भए ।
सँगसँगै वडा नं. ५ मा युवराज लुइँटेलको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी गठन भयो । उपाध्यक्षमा भुपाल खवास, सचिवमा रामकुमार श्रेष्ठ र उपसचिवमा नरहरी न्यौपाने र झरना खत्री निर्विरोध चयन भए । त्यसैगरी ६ नं. वडाको कार्यसमिति अध्यक्षमा कुमार फुयल, उपाध्यक्षमा दिपेन्द्र राई, सचिवमा डम्बरुप्रसाद खरेल, उपसचिवमा शिवकुमार राई र इन्दिरा बास्कोटा धिमाल सर्वसम्मत चयन भएका हुन । सदस्यमा २६ जना छानिएका छ्न ।
वडा नम्बर ७ को नयाँ वडा कार्यसमितिको अध्यक्षमा एचपी राई, उपाध्यक्षमा एमबी मगर, सचिवमा रुद्रप्रसाद राई, उपसचिवहरूमा जीवन सुब्बा र रुबिना ताम्राकारसँगै २६ सदस्यीय समिती सर्वसम्मत गठन भएको छ ।