क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ४ नेकपा एमाले वडा कमिटी अध्यक्षमा टेकबहादुर तामाङ विजयी भएका छन । शनिबार भएको प्रथम ऐतिहासिक वडा अधिवेशनबाट अध्यक्षको टुंगो नलागेपछि सो पदका लागि आइतबार दिनेश सुब्बा र टेकबहादुर तामाङका बिच चुनाव गरिएको थियो।
वडाका ३०५ जना संगठित सदस्यहरू मध्येबाट २४३ जनाको मत खस्दा ३ जनाको मतपत्र बदर भयो। बाँकी रहेका मतमा १२३ टेकबहादुर तामाङ्का लागि र ११७ दिनेश सुब्बाको पक्षमा मत खसेको थियो । सुब्बालाई ६ मतान्तरले पछि पार्दै तामाङ निर्वाचित भएका हुन ।
उपाध्यक्षमा कौशिला कार्की, सचिवमा नगेन्द्र बस्नेत, उपसचिवमा उदिप सुब्बा र एविन पाठक निर्विरोध चयन भएका हुन । त्यसैगरी सदस्यहरूमा राधिका माझी, शोभा ढुंगाना सुवेदी, निर्मला खड्का, पवित्रा गिरी, ललिता चौधरी, कमला मगर, नुनाकला पाँचकोटी, कल्पना घिसिङ, भद्रशिला पराजुली, लक्ष्मी लिम्बू, एकराज कार्की, सुरज तामाङ, तिर्थराज भण्डारी, थविन घिसिङ, खेम गुरागाईँ, नारायणप्रसाद ढुंगाना, घनश्याम ढुंगाना, वेदु निरौला, यामबहादुर कार्की,टिकाराम लिम्बू, सनम रोक्का, पदमबहादुर कटुवाल, भादुलाल चौधरी, चाँगुनारायण राई, पुष्पलाल दुलाल, युवराज घले सर्वसम्मत चयन भएका हुन ।