टी–२० विश्वकपमा बंगलादेशमाथि श्रीलंकाको जित - Crazysaptahik.com

टी–२० विश्वकपमा बंगलादेशमाथि श्रीलंकाको जित

टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले बंगलादेशमाथि ५ विकेटको जित हात पारेको छ । आइतबार युएईको शारजहामा बंगलादेशले दिएको १७२ रनको लक्ष्य श्रीलंकाले ७ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि चरित असलंकाले अविजित ८० रन बनाए भने भानुका राजापाक्षेले ५३ रन जोडे ।

७९ रन जोड्दा ४ विकेट गुमाएको श्रीलंकाका लागि चरितले भानुकासँग ८६ रनको साझेदारी गरेका थिए । पथुम निशंकाले २४ रन बनाए भने अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका लागि मोहम्मद नइमले ६२ रन बनाए भने मुस्फिकर रहिमले अविजित ५७ रनको योगदान दिएका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.