लिभरपुलसँग म्यानचेष्टर युनाइटेडको लज्जास्पद हार - Crazysaptahik.com

लिभरपुलसँग म्यानचेष्टर युनाइटेडको लज्जास्पद हार

म्यानचेष्टर युनाइटेडले लिभरपुरसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको भिडन्तमा लिभरपुलले मोहम्मद सलाहको ह्याट्रिकसँगै युनाइटेडमाथि ५–० को जित निकालेको हो । १० वर्ष एक दिनअघि म्यानचेष्टर सिटीसँग ६–१ को हार व्यहोरको थियो ।

त्यसयता युनाइटेडले व्यहोरेको यो नै लज्जास्पद हार हो । ओल्ड ट्राफर्डमा भएको खेलमा लिभरपुलले नेभी काइटाको गोलबाट अग्रता लिएको थियो । १३औं मिनेटमा जोटाले अग्रता दोब्बर बनाए । खेलको ३८औं मिनेट र इन्जुरी टाइमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा ४–० को अग्रता दिलाएका सलाहले दोस्रो हाफमा थप एक गोल गरे ।

उनले ५० औं मिनेटमा ह्याट्रिक पुरा गरेका हुन् । खेलको ६०औं मिनेटमा पल पोग्बा रातो कोर्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोलीले बाँकी खेल १० खेलाडीमा खेलेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.