पथरी। शिल्पी थिएटरका कलाकारको अभिनय रहेको नाटक ‘ठूला माछा–साना माछा’ पथरी शनिश्चरेमा पनि मञ्चन हुने भएको छ । शुक्रबार विराटनगरबाट नाटक मञ्चन गरे पछि शिल्पीले सो अभियान सुरु गरेको हो ।
शिल्पीको सो नाटक हाल प्रदेश–१ का तिन जिल्लामा मञ्चन गर्ने भएको छ । मोरङ, सुनसरी र झापाका २१ स्थानमा नाटक मञ्चन गर्ने शिल्पीले जानकारी दिएको छ । विराटनगरबाट सुरु भएको नाटक ‘ठूला माछा–साना माछा’ रंगेली, विराटचोक, इटहरी, धरान, इनरुवा, दमक, विर्तामोड, काँकडभिट्टा लगायतको स्थानहरुमा मञ्चन हुने भएको हो ।
सो नाटक भोली मगंलबार बिहानीको ठिक ८ बजे पथरी शनिश्चरे १ मा स्थापित पञ्चायत माविमा रंगमञ्च हुने भएको छ । पथरी शनिश्चरेमा गरीने मञ्चनमा स्थानी थिएटर थब्द थिएटको संम्योजन रहने शब्द शब्दका निर्देशक जिवन बरालले जानकारी दिएका छन् । प्रदेश नम्बर १ को तिन जिल्लाको विभिन्न स्थानमा मञ्चन गरिने नाटकको परिकल्पनाकार तथा निर्देशक घिमिरे युवराज हुन ।
नाटकले राजनीतिक नेतृत्व र कर्मचारीले सर्वसाधारणलाई कसरी दुःख दिएका छन् भन्ने विषयलाई सशक्त रुपमा उठान गरेको छ ।
घिमिरे युवराजको परिकल्पना र निर्देशनमा मञ्चन भएको नाटकमा पवित्रा खड्का, रेनुका कार्की ढोली, सविन कट्टेल, संगता उराँव, मानहाङ लावती, असिम खनाल, ज्योति पोखरेल, रविन परियार, गोविन्दओली, ज्याक बराल, हिमाल भुजेल र संजितथुलुङ राईले अभिनयन गर्नेछन् ।
शिल्पीले मञ्चन भएको नाटकलाई आधार मानेर लेखेका उत्कृष्ट ४ कवितालाई जनही २५ हजार नगदसहित पुरस्कृत गरिने निर्देशक घिमिरेले जानकारी दिए । उनका अनुसार ‘ठूला माछा–साना माछा’ देशभर मञ्चन गरिने र त्यसपछि प्राप्त भएका कवितालाई पुरस्कृत गरिनेछ ।
वि.सं. २०६३ सालमा स्थापित शिल्पीले तीन महिने अभिनय तालिम समेत सञ्चालन गर्दै आएको छ । राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा समेत बेला–बेला विभिन्न नाटक मञ्चन गर्दै आएको शिल्पीले गाउँमा रंगमञ्च कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।