
इन्डियन प्रिमियर लिग (आईपीएल) मा दुई नयाँ टिम थपिएका छन् । लखनउ र अहमदावाद दुई नयाँ टिमको रुपमा थपिएका छन् । अब सन् २०२२ मा आईपीएलमा कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । सोमबार भएको ६ घण्टा लामो बिडिङ प्रोसेसबाट आरपी सन्जय गोएन्का ग्रुप (आरपीएसजी) र सिभीसी ग्रुपले बिड जित्दै दुई नयाँ टिम लिएका हुन् ।
आरपीएसजीले ७ सय करोड भारतीय रुपैयाँमा लखनउ टिम लिँदा सिभीले ५ हजार २ सय करोड भारुमा अहमदाबादको टिम लिएको हो । बीसीसीआईले दुई सय करोड भारु बेस प्राइज राखेकोमा आरपीएसजीले २५० प्रतिशत बढी रकम राखेर बिडिङ गरेको थियो ।


