भोलिबाट पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु - Crazysaptahik.com

भोलिबाट पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु

क्रेजी संवाददाता
पथरी । भोलिबाट पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । मोरङको पथरीशनिश्चरे–१० को प्रस्तावित पथरी रंगशालामा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता हुनेभएको हो ।

थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको खेल संयोजक गणेश थक्लुङ लिम्बुले क्रेजी साप्ताहिकलाई जानकारी दिए । प्रतियोगिताको लागि खेल मैदान सफाई, स्टेज निर्माण लगायतको तयारी पूरा भएको छ । खेलाडी र दर्शकहरुको लागि मुख्य सडक दक्षिण रोडमा स्वागतद्वार निर्माण भएको छ । प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाउँनेछन् ।

भोलिको उद्घाटन खेल झापाको शिवसताक्षी एफ.सी. र भाउन्ने एफ.सी. बीच हुनेछ । प्रतियोगिताको प्रथम र दास्रो हुने टिमले क्रमशः १ लाख १ हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकका सुमन कुरुङबाङले जानकारी गराए ।

यस्तै प्रतियोगितामा हरेक खेलमा म्यान अफ द म्याच खेलाडीलाई २५ सय, विधागत रुपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फवार्ड र हाइस्कोररलाई क्रमशः ५ हजार र म्यान अफ द टुर्नामेन्टलाई नगद रु. १० हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

पथरीशनिश्चरे नगरपालिकाका उपप्रमुख यमुना बिष्ट बास्तोलाको प्रमुख आतिथ्यमा हुने उद्घाटन खेलमा थ्री रिभर्स एफसीका अर्जुन बिष्ट र रुद्र रिमाल लगायतको उपस्थिति रहनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.