ज्येष्ठ नागरिक समाजको जिउँदो इतिहास हुन् – मेयर फागो - Crazysaptahik.com

ज्येष्ठ नागरिक समाजको जिउँदो इतिहास हुन् – मेयर फागो

क्रेजी संवाददाता
उर्लाबारी । ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र केन्द्रीय समिति उर्लाबारीको ५ औं अधिवेशन सम्पन्न भएको छ ।

ज्येष्ठ नागरिक एकता समन्य केन्द्र केन्द्रीय कार्य समितिको आयोजनामा मंगलबार भएको कार्यक्रमले संस्थालाई योगदान पु¥याउने ३ जना नागरिकहरुलाई सम्मान पनि गरेको छ । सम्मानित हुनेहरुमा चन्द्र प्रसाद गौतम उर्लाबारी–३, लोक बहादुर कटुवाल उर्लाबारी–४ र उर्लाबारी–२ की खड्ग कुमारी निरौला लाई सम्मान गरेको सस्थाका सचिव दुर्गा निरौलाले बताउनु भयो । यस्तै केन्द्रले विभिन्न माध्यम बाट सहयोग गर्ने अन्य ८ ओटा सस्थालाई पनि प्रसंसा पत्र वितरण गरेको निरौलाले बताउनुभयो ।

सो कार्यक्रम उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग बहादुर फागोको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति फागोले ज्येष्ठ नागरिक जिउदो इतिहास भएको हुनाले उहाँहरुको समाजमा उच्च स्थान रहेको बताउदै उहाहरुलाई जुनसुकै हिसावले पनि सम्मान गरिनु पर्ने बताउनुभयो ।

साथै फागोले देशमा सकरात्मक परिवर्तनको आशा राख्ने हरेक नेपालीले उहाँहरुको क्षमता र अनुभवलाई महत्वपूणर् दस्तावेजका रुपमा लिई परिवर्तनकारी कदमा सारथी बनाउनु पर्ने औल्याउनुभयो । मेयर फागोले राजनितिमा सदैव मैले के पाए भन्दा पनि मेरो राजनिति यात्राले जनतालाई के दिन सके भन्ने कुरा महत्वपुणर् रहेको औल्याउदै देशको गरिवी, बेरोजगारीको समस्या लाई अन्त्य गर्ने यात्रामा सदैव हरेक राजनिति कर्मी लाग्न सके मात्रै राष्ट्रले विकासको गति लिने सुखी नेपाली समृद्ध नेपालको सपना सकार हुने बताउनुभयो । कार्यक्रम सस्थाका अध्यक्ष प्रमोद निरौलाको अध्यक्षतामा सम्पन्न् भएको थियो भने । कार्यक्रम सन्चालन सस्थाका सचिव दुर्गा निरौलाले गर्नुभएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.