
क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा नेपाली कांग्रेस परित्याग गरी एक दर्जन एमालेमा प्रवेश भएका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरीशनिश्चरे नगर अधिवेशनको कार्यक्रममा उनीहरू प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस परित्याग गर्नेमाहरूमा अनु नेपाल, गीता नेपाल, सरला घिमिरे, संगीता अधिकारी, निरज राई, देवराज राई, गोपाल विश्वकर्मा, अमृत विश्वकर्मा, बिजय राई, धनबहादुर पंधाक, मञ्जु माझी र शुकराज राई लगायत रहेका छन् ।
नव प्रवेशीलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य रामकुमार बस्नेत, डिपी राई, देवराज भण्डारी, युवराज बास्कोटा, किशोर राई, विजय डांगी, मोहन तुम्वापो लगायतका नेताहरुले अविरको टीका र खदाले स्वागत गरेका थिए ।

सोमाबार मात्र नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पथरी उद्योग बाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ पनि कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनलाई विराटनगरमा भएको एमाले अगुवा कार्यकर्ता भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए । तामाङ नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।
विगतमा धनकुमार तामाङ एमालेमा रहँदा जिल्ला सदस्य थिए । गत स्थानीय तहको चुनावमा पथरीशनिश्चरे १ नम्बर वडाको अध्यक्षमा टिकट नपाएपछि वडाध्यक्ष पदको उमेद्वारमा बागी उठेका थिए । वडाध्यक्षमा पराजयपछि तामाङ एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । तीन हप्ता अघि मात्र सामाजिक सञ्जालमा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्य त्यागेको घोषणा गरेका थिए ।

