पाकिस्तानको लगातार दोस्रो जित - Crazysaptahik.com

पाकिस्तानको लगातार दोस्रो जित

पाकिस्तानले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात छ । युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेल जित्दै पाकिस्तान ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा छ । न्युजिल्याण्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले १८.४ ओभर खेल्दै पाँच विकेट गुमाएर लक्ष्य पूरा गरे ।

पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ रन जोडे । यस्तै शोएब मलिक र आसिफ अलीले अविजित रहँदै समान २७ रन बनाए । अलीले १२ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे ।

मलिक र अलीले छैटौं विकेटका लागि अविजित ४८ रनको साझेदारी गरे । न्युजिल्याण्डका इश सोधीले दुई विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले एक\एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्यल मिचेलले समान २७ रन बनाए । यस्तै कप्तान केन विलियम्सनले २५ रन जोडे ।

पाकिस्तानका हरिस राउफले चार विकेट लिए भने शाहीन साह अफ्रिदी, इमाद वासिम र मोहमद हाफिजले एक÷एक विकेट लिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.