आर्मी समूह विजेता बन्दै भेट्रान्स फुटबलको दोस्रो चरणमा प्रवेश - Crazysaptahik.com

आर्मी समूह विजेता बन्दै भेट्रान्स फुटबलको दोस्रो चरणमा प्रवेश

नेपाल आर्मी भेट्रान्स क्लब समूह ए को विजेता बन्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा फर्पिङ स्पोर्ट्स क्लबलाई ४–१ ले पराजित गर्दै आर्मीले दोस्रो जित हात पारेको हो ।

लगातार दुई खेल जित्दै ६ अंक जोडेको आर्मी क्वाटरफाइनलमा प्रवेश गरेको छ । आर्मीलाई जित दिलाउन राजु तामाङले दुई तथा विकर्ण श्रेष्ठ र नवीन न्यौपानेले एक–एक गोल गरे ।

फर्पिङका निरज श्रेष्ठले एक गोल फर्काए । पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ ले पराजित गरेको थियो । फुटबलर्स मिसन टुगेदरको आयोजनामा भइरहेको प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.