
स्पानिस ला लिगामा बार्सिलोनाको खराब प्रदर्शन जारी रहेको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० ले पराजित भयो । खेलमा बार्सिलोनाका मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्न चुके । भालेकानोका लागि राडेमेल फाल्काओले निर्णायक गोल गरेका थिए ।
उनले खेलको ३०औं मिनेटमा गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोनाले बराबरी गोल फर्काउने अवसर पाए पनि सदुपयोग गर्न सकेन । ७२औं मिनेटमा मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्न सकेनन् ।
उनको प्रहार भालेकानोका गोलकिपर स्टोल दिमीत्रेभ्स्कीले बचाएका थिए । जितपछि भालेकानोले ११ खेलबाट १९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोना भने १० खेलबाट १५ अंकसहित नवौं स्थानमा छ ।


