
क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–१० मा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आजको खेलमा विराटनगर फुटबल क्लब बिजयी भएको छ ।
भुटानी ब्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विराटनगरले जित हात पारेको हो । विराटनगरको तर्फबाट खेलको ४७ औँ मिनेटमा साजन राईले गरेको गोल नै निर्णायक बन्न पुग्दा भूटानी ब्वाइज क्लब हार स्वीकार्न वाध्य बनेको थियो । खेलको मेन अफ द म्याच विराटनगरका कमल खवास घोषित हुदैँ नगद रु. २५ सय रुपैँया प्राप्त गरे ।

थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत भोलिको खेल लेटाङ फुटबल क्लब र पथरी फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम र दास्रो हुने टिमले क्रमशः १ लाख १ हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थक्लुङ लिम्बुले जानकारी गराए ।

