भारतलाई पाखा लगाउँदै सशस्त्र प्रहरी बल सेमीफाइनलमा - Crazysaptahik.com

भारतलाई पाखा लगाउँदै सशस्त्र प्रहरी बल सेमीफाइनलमा


क्रेजी संवाददाता
लक्ष्मीमार्ग । सशस्त्र प्रहरी बल काठमाडौँ चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा भारतको आमुक्त परिवार वेस्ट बंगाललाई ५ गोलको पराजित अन्तरले पराजित गर्दै सशस्त्र प्रहरी बल काठमाडौँ सेमीफाइनलमा प्रबेश गरेको हो ।

खेलका प्रमुख अतिथि प्रदेश नंं २ का तालिम केन्द्र प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक केदार ढकाल रहेका थिए । प्रतियोगितामा शसस्त्रका आशिष लामा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा सशस्त्र प्रहरी बलका आभाश लामिछाने २२ मिनेट, प्रदिप लामाले ४४ मिनेट, आशिस लामाले ४९ र ८१ मिनेट र सबिन गुरूङले ७५ मिनेटमा गोल गरेका थिए । भोलि हिमालयन शेर्पा क्लब काठमाडांै र गाइघाट फुटबल क्लब उदयपुर बीच खेल हुने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.