पथरी कृषि सहकारी संस्थाले गर्यो सार्वजानिक सुनुवाई - Crazysaptahik.com

पथरी कृषि सहकारी संस्थाले गर्यो सार्वजानिक सुनुवाई

भूमिप्रसाद पाठक
पथरी । मोरङको पथरीशानिचरे –१ शिखर चौक अवस्थित नेपाल लाइभस्टकले सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाको प्रमुख दिलिपकुमार राई (किशोर) र पथरी कृषि सहकारी संस्थाका अध्यक्ष हरिराज प्याकुरेलले गरेका थिए ।

सोही कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राईले कृषि पेशाभन्दा लाज लागेको अरु पेशाभन्दा आत्मागौरवबोध हुनुपर्ने र नगरले कृषकलाई र कृषि सहकारीलाई सम¥वय गर्दे लैजाने प्रतिबद्धता जाहेर गरे । सोही कार्यक्रमको विशिष्ट अतिथिमा पथरी शनिश्चरेका कृषि तथा पशुपन्छी शाखा प्रमुख हेमचन्द्र दाहाल अतिथिहरुमा सिद्धार्थ टिका कार्की, सहकारी बैंङ्क उर्लाबारीका प्रबन्ध निर्देशक बिनोद चुडाल पञ्चायत मा.वि.का शिक्षक प्रतिनिधि गुरुप्रसाद दाहाल, दुर्गा मा.विका शिक्षक प्रतिनिधि खेम अधिकारी र नेपाली काँग्रेस नगर सभापति रुपनारायण भट्टराई लगायतले एक नम्बर प्रदेशमा मासुमा आत्मानिर्भर रहने कुराका जोड दिएका थिए ।

यसैगरी त्यस्ता कार्यक्रम ६ वटा कार्यक्रहरु सम्झौता भएको ४ वटा हुन बाँकी रहेका छन् । २ वटा मासुमा लागि २ वटा दुग्ध लागि मासुमा पथरी कृषि सहकारी संस्था प.शा–१ शिखर चौक बाख्रापालन कृषि समूह प.शा–३, दूग्ध बिहानी सेवा प.शा–१ शिखर चौक सहकारी र चौतारी सामाजिक उद्योगी सहकारी संस्था रहेको कृषि तथा पशुपन्छी शाखा प्रमुख दाहालले जानकारी दिए ।

सोही कार्यक्रमको अध्यक्षता पथरी कृषि तथा सहकारी संस्थाका अध्यक्ष हरिराज प्याकुरेले गरेका थिए भने, कार्यक्रको सञ्चालन सोही समितिका सचिव टीकाप्रसाद दाहालले गरेका थिए । सो कार्यक्रमको आयोजना पथरी कृषि सहकारी सेवा लिमिटेड गरेको थियो । सोही कार्यक्रममा १ करोड ८९ लाख ९४ हजार ७ सय अनुदान दिइएको छ र जसमा विश्व बंैकले ५० प्रतिशत अनुदान र अरु निजी बैंकले ३० प्रतिशत पनि अनुदान प्रदान गरेका । ४० जना कृषकलाई सो अनुदान बाख्रापालनमा लगानी गरिनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.