पिट्सबर्ग च्यालेन्ज कप : पथरीलाई हराउँदै दमक अघिल्लो चरणमा प्रवेश - Crazysaptahik.com

पिट्सबर्ग च्यालेन्ज कप : पथरीलाई हराउँदै दमक अघिल्लो चरणमा प्रवेश

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आजको खेलमा दमक एफ.सी. विजयी भएको छ ।

दमकले पथरी एफ.सी.लाई २– १ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । खेल सुरु भएको ७ मिनेटमै दमकले खेलमा अग्रता लिएको थियो । किस्मत लिम्बुको गोलले अग्रता लिएको दमकका लागि खेलको ५१ औ मिनेटमा रोशन धिमालले थप गोल गर्दै टिमको अग्रता २–० को बनाएका थिए । खेलमा फर्कने प्रयास गरीरहेको पथरीले खेलको ६० औँ मिनेटमा १ गोल फर्काएता पनि थप गोल गर्न नसक्दा हार टार्न सकेन् । दमकले फल गरे पछि पथरीले पेनाल्टी प्रहारको अवसर पाएको थियो । सोही अवसरको सदुपयोग गर्दै पथरीका लागी निमन लिम्बूले गोल गरेका थिए । आजको खेलको मेन अफ द म्याच विजेता टिमका किस्मत लिम्बू घोषित हुदैँ नगद २ हजार ५ सय रुपैँया प्राप्त गरे ।

थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा सुरु प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाउका थिए । प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको खेल मैदानमा संचालन भइरहेका छन् ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल बेलबारी फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरी बिच हुने आयोजकले बताएको छ । बेलबारीले यस अघिको खेलमा प्रतिभा समाज सुधार युवा क्लबलाई पराजित गरिसकेको छ भने राष्ट्रिय जागृति क्लब पहिलो खेल खेल्दैछ । प्रतियोगिताको प्रथम र दास्रो हुने टिमले क्रमशः १ लाख १ हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थक्लुङ्गले जानकारी गराए । प्रतियोगीताको फाइनल खेल कात्तिक १९ गते हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.