टोटनह्यामद्वारा नुनो बर्खास्त - Crazysaptahik.com

टोटनह्यामद्वारा नुनो बर्खास्त

टोटनह्याम हटस्पर्सले नुनो एस्पिरितो सान्तोलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । शनिबार म्यानचेस्टर युनाइटेडसँग ३–० ले पराजित भएपछि नुनो चार महिनामा नै बर्खास्त भएका हुन् ।

स्पर्स प्रिमियर लिगमा पछिल्ला सातमध्ये पाँच खेलमा पराजित भएको छ । चार वर्ष वुल्भ्समा बिताएका ४७ वर्षीय पोर्चुगिज गत जुनमा दुई वर्षका लागि क्लबको म्यानेजर नियुक्त भएका थिए ।

स्पर्सले नुनोको उत्तराधिकारीको बारेमा समयसँगै निर्णय गरिने बताएको छ । नुनोको स्थानमा चेल्सी र इन्टर मिलानका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टे आउने चर्चा रहेको छ ।

जोसे मोरिन्होको बहिर्गमनपछि नै स्पर्सले कोन्टेसँग छलफल गरेको थियो । तर, कोन्टेको ठूलो मागका कारण कुनै सम्झौता भने हुन सकेन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.