भूमि समस्यालाई आगामी चुनावी एजेन्डा बनाउँदैनौं : केन्द्रिय उपाध्यक्ष खड्का - Crazysaptahik.com

भूमि समस्यालाई आगामी चुनावी एजेन्डा बनाउँदैनौं : केन्द्रिय उपाध्यक्ष खड्का

क्रेजी संवाददाता
कानेपोखरी । लामो समयदेखी मोरङ कानेपोखरीका सुकुम्बासीहरूलाई धनीपुर्जा दिने प्रलोभन विभिन्न पार्टीका नेतृत्वकर्ताहरूले निरन्तर दिदैँ आएपनी सुकुम्बासीको समस्या भने जिऊका तिऊ रहेको छ। ‘जुनै जोगि आएपनी कानै चिरेको भन्ने उखान जस्तै भएको छ’, कानेपोखरीबासीका लागि धनीपुर्जा पाउँने आशा । पटकपटक बनेको सरकारले ठूलाठूला बाचा, प्रतिबद्धता जाहेर गर्ने तर पूरा नगर्ने भन्दैँ सुकुम्बासीहरू यतिबेला आक्रोशित बन्न थालेका छ्न ।

यसैबीच सोमबार आयोजित एक कार्यक्रममा भूमि आयोगका केन्द्रिय उपाध्यक्ष नहेन्द्र खड्काले ६ देखि ७ महिना भित्रमा सुकुम्बासीहरूलाई धनीपुर्जा बाढ्ने बताउँदै ‘यदि मैले गरेका बाचाहरू पूरा नभए तुरुन्त राजिनामा दिन्छु समेत भनेका छ्न’। उनले भने, ‘ हामी सुकुम्बासी समस्यालाई आगामी चुनावी एजेन्डा बनाउँदैनौं, बोलेर भन्दा पनि काम गरेर देखाउँछौं, नयाँ ढंगबाट कार्ययोजना निक्कै अगाडी बढिसकेको छ ‘।
मोरङ कानेपोखरी -०६, बिहिबारेमा आयोजित सुकुम्बासी समस्या तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । ‘धनीपुर्जा नपाए भोट नहाल्नुहोस, माघ मसान्त भित्रमा धनीपुर्जा तपाईंहरूको हातहातमा हुनेछ, म रगतले लतपतिएको शहिदहरूको छातीमा उभिएर भनिरहेको छु, ‘ भूमि समस्या समाधानमा लाग्नेछु यदि नलागे ठोकुवा दिएर भन्छु, म मेरो अनुहार राजनीतिमा क्षेत्रमा पुनः देखाउँने छैन, आयोगको सवारीमा डुल्ने छैन’ । ‘म भूमि पुत्र, किसान, सुकुम्बासीसँगै हुर्किएको छोरो, समस्या बुझेर समाधान गर्नका लागि यस क्षेत्रमा आएको छु, काम पूरा गरेरै जान्छु’ उनले भने । नेकपा माओवादी केन्द्रका शिर्ष नेता पुष्पकमल दाहाल’प्रचण्ड’ ले सुकुम्बासीको काम पूरा नगरे मेरो मुख नहेर्ने भन्नुभएको कुरा समेत व्यक्त गरे । उनले केपि ओलि नेतृत्वको सरकारले ३६ महिनासम्म आलटाल गर्दै भूमि समस्यालाई बेवास्ता गरेको आरोप समेत लगाए ।

नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्ने नेकपा माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेती, कानेपोखरी संयोजक मनोज राजवंशी, नेपाली काङ्ग्रेस कानेपोखरी सचीव बिवेक लिम्बू, नेकपा एकीकृत समाजवादी कानेपोखरी अध्यक्ष भूमी दुलाल लगायतका वक्ताहरूले यसपटकको सरकारले सुकुम्बासी समस्यालाई तत्काल समाधान गर्ने बताएका थिए । साथै उनिहरूले कसैले पनि सुकुम्बासीको समस्यालाई राजनीतिसँग जोड्नु नहुने कुरा राखेका थिए ।

नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाले भूमि आयोगका उपाध्यक्षलाई तत्काल सुकुम्बासीलाई धनीपुर्जा प्रदान गरियोस् भन्दै ज्ञापन पत्र बुझाएका छ्न ।
करिब ४० वर्षदेखी जमिन जोतभोग गर्दै आएपनी अहिलेसम्म कानेपोखरीका सुकुम्बासीले धनीपुर्जा पाउँन सकेका छैनन् । यसपटकको सरकारबाट पनि केही मात्रामा मात्र आशा गरेका छौं, धेरै पटकका सरकारहरूबाट हामी झुक्कीसकेका छौं, आश्वासनका वचनहरू सयौं पटक प्राप्त भइसकेका छन् तर पूरा भने एकरत्ती भएको छैन, यस पटकको सरकारले हाम्रो पीडा बुझ्ने होकि होइन, बिस्तारै थाहा होला, ‘एक स्थानीय सुकुम्बासीले दुखेसो पोखे’ ।

कानेपोखरीमा भूमिहिन दलित ४ सय ३७ परिवार, भूमिहीन सुकुम्बासी १ हजार ६ सय ३५, अव्यवस्थित २ हजार पाँच सय २७ परिवार, अधुरो काम ३ सय ७३ परिवारसमेत गरि ४ हजार ९ सय ७२ परिवार भूमि सम्बन्धि समस्या भएका सुकुम्बासीहरू रहेका छ्न ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.