
क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा दमक एफ.सी. विजयी हुँदै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
आज भएको पहिलो सेमिफाइनल खेलमा दमकले भाउन्ने एफ.सी. लाई १– ० को नतिजा निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलमा दमकका रोशन तामाङले ४६ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्दा भाउन्ने स्तब्ध बन्न पुग्यो ।
आजको खेलमा निर्णायक गोल गरेका तामाङ नै खेलको मेन अफ द म्याच बन्दै नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा सुरु प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाएका थिए । प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको खेल मैदानमा संचालन भइरहेका छन् ।
प्रतियोगिता अन्तर्गत भोलिको अन्तिम सेमिफाइनल खेल बिराटनगर फुटबल क्लब र बेलबारी एफ.सी. बीच हुने बिच हुने आयोजकले बताएको छ । प्रतियोगिताको प्रथम र दास्रो हुने टिमले क्रमशः १ लाख १ हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थक्लुङ्गले जानकारी गराए । प्रतियोगीताको फाइनल खेल कात्तिक १९ गते हुनेछ ।

