चौथो बेलबारी गोल्डकप : उपाधि हिमालयन शेर्पालाई - Crazysaptahik.com

चौथो बेलबारी गोल्डकप : उपाधि हिमालयन शेर्पालाई

सन्तोष राई
लक्ष्मीमार्ग । हिमालयन शेर्पा क्लव काठमाडौंले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि आफ्नो पोल्टामा पारेको छ । हिमालयनले बुधबार (आज) सशस्त्र प्रहरीको टिम एपीएफलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै गोल्डकपको उपाधि जितेको हो ।

विजयी हुँदै हिमालयनले ५ लाख नगद पुरस्कार प्राप्त गर्याे भने एपीएफले २ लाख ५० हजारमा चित्त बुझायो । हिमालयनका लागि एन्जल गुरुङले खेलको पाँचौ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि विपक्षी टिम एपीएफका रबी थिङले ४३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यस्तै खेलको दोस्रो हाफमा हिमालयनका लागि खेलको ७१ औं मिनेटमा विदेशी खेलाडी मुतुम्वाले गोल गरे । त्यसपछि ८९ औं मिनेटमा मुटुम्बाले गरेको क्रस पासलाई सुरेश कुमालले चेष्ट मार्फत् गोल गर्दै टिमको जित निश्चित गरेका थिए । फाइनल खेलमा विजेता टिमका संजित राई म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा हिमालयन शेर्पाका किशोर गिरी उत्कृष्ट गोलकिपर, एन्जल गुरुङ बेस्ट डिफेन्स, मुतुम्बा उत्कृष्ट फरवार्ड, युगलकिशोर राई बेष्ट कोच र एपीएफका आशीष लामा हाइस्कोरर, नविन लामा बेस्ट मिड हुँदै नगद र ट्रफीका साथ सम्मानित भए । प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लवका रोहन कार्की राईजिङ प्लेयर घाोषित भए ।

सम्बन्धित खवर