स्व.खममायाको नाममा अक्षयकोष स्थापना - Crazysaptahik.com

स्व.खममायाको नाममा अक्षयकोष स्थापना


लङसिंङ श्रेष्ठ
मिक्लाजुङ । स्व. खममाया राई (लिम्बु)को नाममा अक्षयकोष स्थापना भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा न ४ सफेवामा अवस्थित श्री स्वरस्वती माविलाई छात्रवृत्ति तथा अन्य वितरण प्रयोजनका लागि खममायाका परिवारले अक्षयकोष स्थापना गरी रु. १ लाख सहयोग गरेका छन् ।

बुधबार स्व. खममायाको वार्षिक पुण्य तिथीको अवसरमा निज निवास सफेवामा विद्यालय परिवार, इस्टमित्र, छर–छमेकीको उपस्थितिमा सो सहयोग रकम सो विद्यालयका शिक्षक समेत रहेका स्व.खममायाका छोरा हरि प्रसाद लिम्बु तथा सम्पूर्ण परिवारद्वारा हस्तान्त्रण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेनिन राई र सहायक प्रधानाध्यापक भिमकुमार राईलाई बुधबार हस्तान्तरण गरिएको थियो ।

मिलनसार, उर्जाशील, मिजासिलो, सहयोगी, जागुरुक, सबैको पथप्रदर्शक तथा जीवनको उत्तराद्र्धमा पनि सामाजिक जीवनमा सक्रिय अक्षयकोष दाता स्व. खममाया राई (लिम्बु)लाई धन्यवाद व्यक्त गर्दै उहाँको जीबनबाट धेरै कुरा सिक्नुपर्ने र उक्त अक्षयकोषलाई उचित कार्यका लागि प्रयोगमा ल्याउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेनिन राईले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.