
क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा बेलबारी एफ.सी. विजयी हुँदै फाइनलको यात्रा तय गर्दै दमकसँगको भेट पक्का गरेको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा बेलबारीले विराटनगर एफ.सी. लाई २– ३ गोल अन्तरले पाखा लगाउँदै विजयी भएको हो ।
थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा सुरु प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाएका थिए । प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको खेल मैदानमा संचालन भइरहेका छन् ।

प्रतियोगिता भोलिको अन्तिम फाइनल खेल बेलबारी एफ.सी. र दमक एफ.सी. बिच हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको प्रथम र दास्रो हुने टिमले क्रमशः १ लाख १ हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थक्लुङ्गले जानकारी गराए ।

