जनगणनाका लागि गणकसँग छलफल - Crazysaptahik.com

जनगणनाका लागि गणकसँग छलफल

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरपालिकास्थित स्थानीय जनगणना कार्यालयले भोलिबाट सुरु हुने दोस्रो चरणको राष्ट्रिय जनगणना कार्यका लागि गणकहरुसँग गणकहरुको परिचालन, ब्यवस्थापन, सुपरीक्षणका विषयमा आज छलफल गरेको छ ।

जनगणनाका लागि पहिलो चरणको घरपरिवारको विवरण संकलन कार्य सकिएकाले अव दोस्रो चरणको जनगणनाका लागि मुख्य प्रश्नावली फारम भर्ने कार्य कार्तिक २५ बाट मंसिर ९ सम्म हुने छ ।

गणनाका बारेमा स्थानीय जनगणना कार्यलयका सविना राई र गुणराज थापाले सहजिकरण गर्नुभएको छ । जनगणनामा पथरी शनिश्चरेका लागि ८१ र कानेपोखरीमा ४८ जना गणक खटिने छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.