राधाकृष्ण मन्दिरको पाँचौं साधारणसभा विविध कार्यक्रम - Crazysaptahik.com

राधाकृष्ण मन्दिरको पाँचौं साधारणसभा विविध कार्यक्रम

भूमिप्रसाद पाठक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ जरायोटोलमा अवस्थित राधाकृष्ण मन्दिरको पाँचौं साधारणसभा अत्यन्तै भव्य र सभ्य ढंगले सम्पन्न भएको छ ।

साधारणसभाका प्रमुख अतिथि वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सम्बोधन क्रममा वडामा १२ वटा मन्दिर रहेमध्ये यो मन्दिरको सञ्चालन र व्यवस्थापन अत्यन्तै राम्रो रहेकोले पनि पदमा रहँदा वा अघिपछि पनि सक्दो सहयोग गरिरहने प्रतिबद्धता जाहेर गर्नुभएको छ । सभाको व्यानर अनावरण सहित प्रमुख अतिथि वडाध्यक्ष भण्डारी र पण्डित उपाध्यायले दीप प्रज्जवल गर्दै समुद्घाटन गर्नुभएको थियो ।

स्थानीय जनमतका लागि धार्मिक आस्थास्थलको रुपमा विकसित मन्दिरको साधारणासभालाई पण्डित राधिकाशरण उपाध्याय, कृष्णबहादुर बस्नेत, गंगा साँवा, लालबहादुर बस्नेत, मन्दिरका लागि जमिनदाता लक्ष्मीबहादुर थापासहितका स्थानीय भद्रभलाद्मी तथा प्रबुद्धवर्गले शुभकामना सम्बोधन गर्नुभएको थियो ।

साधारणसभाले पुरानै कार्यसमितिको निरन्तरतालाई जोड दिएको छ । यसमा क्रमशः अध्यक्ष, वरिष्ट उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः शेरबहादुर राय, छत्रबहादुर बस्नेत, रामप्रसाद न्यौपाने, दलबहादुर न्यौपाने, गणेश पौडेल, रत्नमाया खड्का, पूर्णबहादुर कार्की, मानबहादुर कार्की, इन्दिरा कार्की, ज्ञानबहादुर विष्ट, इन्द्रबहादुर खड्का, बुद्धिमान रामदयाल र सल्लाहकारहरु नारायण गुरागाइँ, लक्ष्मीबहादुर थापा, गणेशबहादुर भण्डारी, फत्तेबहादुर कार्की, ओलबहादुर खड्का, कृतबहादुर राईं, भीमप्रसाद निरौला, तिलकबहादुर खड्का र योगेन्द्रबहादुर खड्का रहनुभएको छ ।

सोही कार्यक्रममा म्युजिकल चियर्स अन्तर्गत महिलातर्फ प्रथम सीता तिवारी, द्वितीय प्रमिला न्यौपाने र तृतीय केशरी पौडेल हुनुभएको थियो भने हण्डीफुटाइँमा छत्रबहादुर बस्नेत पुरस्कृत हुनुभएको थियो । कार्यक्रमको अध्यक्षता वरिष्ट उपाध्यक्ष छत्रबहादुर बस्नेतले र सञ्चालन संस्थाको सचिव विद्वान व्यक्तित्व रामप्रसाद न्यौपानेले गर्नुभएको थियो । २०६६ सालमा स्थापना गरिएको यो मन्दिरमा विभिन्न प्रकृतिका रचनात्मक कार्यक्रमका अतिरिक्त रथारोहण, पुराणलगायतका कर्महरू हुँदै आएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.