स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो इटली, विश्वकप पुग्न अन्तिम खेल कुर्नुपर्ने - Crazysaptahik.com

स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो इटली, विश्वकप पुग्न अन्तिम खेल कुर्नुपर्ने

जर्गिन्होले अन्तिमा पाएको पेनाल्टी गुमाएपछि इटलीले विश्वकपको छनोटमा स्वीट्जरल्याण्ड्सँग १–१ को बराबरी खेलेको छ । बराबरीपछि युरोपियन छनोटको समूह सी मा दुवै टिमको समान अंक छ तर गोलअन्तरमा इटली अघि छ । समूह विजेता बन्दै सिधै विश्वकपमा छनोट हुनका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

घरेलु मैदान रोममा भएको खेलको ९०औं मिनेटमा इटलीले भिएआरको सहयोगको पेनाल्टी पाएको थियो । मिडफिल्डर जर्गिन्होको प्रहार पोष्टभन्दा बाहिर गयो  त्यसअघि सिल्भन विडमरले ११औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए ।

तर इटलीका जिओभानी डि लरेन्जोले ३६औं मिनेटमा बराबरी गोल फर्काए । बराबरीपछि इटली र स्विट्जरल्याण्डको ७ खेलबाट समान १५ अंक छ । अब इटलीले नर्दन आयरल्याण्ड र स्विट्जरल्याण्डले बुल्गेरियासँग खेल्न बाँकी छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.