
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरमा अघिल्लो आर्थिक वर्षमा छुट रहेका ४ जना अपाङगता भएका व्यक्तिहरुका लागि आज सहायक सामग्री वितरण गरिएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, पथरी शनिश्चरे नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालित अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत वडा नम्बर ५ का ३ जना र ६ का १ जनालाई ह्विचियर वितरण गरिएको हो ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलका साथै अपाङगता पुनस्र्थापना कार्यक्रमका सहकर्ता सम्झना बर्देबा, ममता थापा र वर्षा मण्डल गौतमले सामग्री वितरण गर्नुभयो । अनुगमन समिति संयोजक समेत रहनु भएकी उपप्रमुख वास्तोलाले हसन्दहस्थित सुगाहाट माविको पठनपाठन र कक्षा ५ सम्मका विद्यार्थीको खाजा व्यवस्थापनको अवस्थाको अनुगमन समेत गर्नुभयो ।


